११ मंसिर २०८१, मंगलबार

रोल्पा नगरपालिकाद्धारा ७० करोड ३७ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

प्रकाशित मिति :  24 June, 2020 10:16 pm


रोल्पा, १० असार ।

रोल्पा नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि ७० करोड ३७ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सातौं नगरसभामा उपप्रमुख मनकुमारी घर्तीले आगागी आर्थिक वर्षका लागि ७० करोड ३७ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

कूल बजेट मध्ये नगरपालिकाले पूँजीगततर्फ ३० करोड ७१ लख ५ हजार र चालु तर्फ ३९ करोड ६६ लाख ३६ हजार रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाले स्वास्थ्य, कृषि, शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !