४ आश्विन २०८१, शुक्रबार

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  25 June, 2020 6:07 pm


काठमाडौं, ११ असार । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छन् ।

आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।रासस।



प्रतिक्रिया दिनुहोस !