४ आश्विन २०८१, शुक्रबार

चीनसँग सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

प्रकाशित मिति :  25 June, 2020 6:20 pm


काठमाडौं, ११ असार ।

सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ।चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार संचार माध्यममा प्रसारण र प्रकाशन भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो।

चीनले विभिन्न ठाउँमा नेपाली सीमा मिचेको समाचार आएको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको प्रष्टिकरण दिएको छ ।

मन्त्रालयले भनेको छ,‘दुई मित्रवत् छिमेकीको सम्बन्धलाई असर पार्ने यस्ता संवेदनशील विषयमा समाचार लेख्नुअघि सम्बन्धित अधिकारीहरूसँग पुष्टि गर्न मन्त्रालय अनुरोध गर्दछ । ’

मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

 

 



प्रतिक्रिया दिनुहोस !