१२ मंसिर २०८१, बुधबार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

प्रकाशित मिति :  25 June, 2020 8:26 pm


काठमाडौं, ११ असार । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त भएका छन् ।

सिफारिस समितिको सिफारिसमा प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रोल्पाका घर्तीलाई प्रतिष्ठानको उपाध्यक्षमा नियुक्ति गरेका हुन् ।

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगर सदस्य थिए ।   सिफारिस समितिले सिफारिस गरेका तीन जनाबाट घर्ती नियुक्त भएका हुन् ।

प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको रहेको छ ।

घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक तथा आदिवासी जनजाति इञ्चार्ज पनि थिए ।



प्रतिक्रिया दिनुहोस !