४ आश्विन २०८१, शुक्रबार

बागलुङमा ८६ किलो गाँजासहित वडा अध्यक्ष पक्राउ

प्रकाशित मिति :  26 June, 2020 12:37 pm


बागलुङ, १२ असार ।

बागलुङमा वडा अध्यक्ष ८६ किलो गाँजासहित पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष घर्तीलाई गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई गाँजासहित पक्राउ गरेको थियो । घर्ती नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस !