४ आश्विन २०८१, शुक्रबार

देशभर २० प्रतिशत रोपाई सकियो, यस वर्षको धान दिवस कार्यक्रम ललितपुरको खुमलटारमा

प्रकाशित मिति :  26 June, 2020 3:56 pm


काठमाडौं, १२ असार ।

देशभर अहिलेसम्म २० दशमलव ०५ प्रतिशत रोपाई सकिएको छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले पत्रकार सम्मेलन गरेर अघिल्लो वर्षको तुलानामा ८ दशमलव ४१ प्रतिशतले धेरै रोपाई सकिएको जनाएको हो।

प्रादेशिक हिसाबले सबैभन्दा धेरै प्रदेश ५ मा ३६ दशमलव २६ प्रतिशत धान रोपाई भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ४६ प्रतिशत,कर्णाली प्रदेशमा २० दशमलव २० दशमलव ११ प्रतिशत, बागमती प्रदेशमा १८ दशमलव ६८ प्रतिशत, प्रदेश २ मा १५ दशमलव ५३ प्रतिशत, र प्रदेश १ मा १० दशमलव ४१ प्रतिशत धान रोपाई सकिएको छ ।

भुगोलका हिसाबले उच्च पहाडमा २६ दशमलव ०७ प्रतिशत, मध्य पहाडमा २० दशमलव ०७ प्रतिशत र तराईमा १९ दशमलव ७५ प्रतिशत रोपाई भएको कृषि विभागले जनाएको छ ।

यसैबीच, यस वर्षको धान दिवस ललितपुरको खुमलटारमा मनाईने विभागले जनाएको छ ।  विभागले धान दिवसको कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद्को फार्ममा मनाइने जानकारी दिएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउन मापदण्ड समेत बनाएर लागू गरिएको विभागका महानिर्देशक कञ्चन राज पाण्डेले बताए।



प्रतिक्रिया दिनुहोस !