४ आश्विन २०८१, शुक्रबार

देशभर थप ५९३ जनामा कोरोना संक्रमणको पुष्टि, कूल संक्रमित ११७५५ जना

प्रकाशित मिति :  26 June, 2020 4:28 pm


काठमाडौं, १२ असार ।

देशभर ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको परीक्षण गर्दा देशका विभिन्न जिल्लामा ५ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए ।

मोरङमा २, झापा १, सुनसरीमा १०, झापामा ३, धनुषामा १२, महोत्तरीमा ४, सिराहामा ६, धनुषामा ३, अछाममा १, बैतडीमा २५, बझाङमा ९, बाजुरामा २७, बारामा २ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै दार्चुलामा ३, डोटीमा ४६, गोरखामा ५, कैलालीमा ३१, कञ्चनपुरमा ४२,कपिलवस्तुमा २१, रौतहटमा ५१, सल्यानमा ४, गोरखामा १, नवलपरासी पूर्वमा २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । नुवाकोटमा १, काठमाण्डौंमा ३, चितवनमा १२, गुल्मीका २५, रौतहटमा ५, सिन्धुलीमा ६,कास्कीमा २, लमजुङमा ६, बागलुङमा १, तनहुँमा २, स्याङ्जामा १, अर्घाखाँचीमा ३, पाल्पा,७६ नवपरासी १, रुपन्देही ६,दाङमा ७५, प्यूठानमा २०, दैलेखमा ५, जाजरकोटमा २, मुगुमा १, सुर्खेतमा १२, जुम्लामा ३ जना संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।

योसंगै कोरोना संक्रमितको कूल संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ । अहिलेसम्म रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !