३ आश्विन २०८१, बिहिबार

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर काठमाडौंमा

प्रकाशित मिति :  16 November, 2019 6:58 am


काठमाडौं । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार अबेर राति नेपाल आइपुगेका हुन् ।  तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने, ‘नेपाल आउँदा निकै खुसी लागेको छ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् । उनीअघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । 



प्रतिक्रिया दिनुहोस !