४ आश्विन २०८१, शुक्रबार

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

प्रकाशित मिति :  27 June, 2020 2:22 pm


चितवन,१३ असार ।

चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित रहेका व्यक्तिमा विहीबार सङ्क्रमणको पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । ती पुरुष क्यान्सरको उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए ।

पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !