४ आश्विन २०८१, शुक्रबार

रसुवामा संक्रमित भेटिएसँगै ७७ जिल्लामै पुग्यो कोरोना,थप ५५४ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  27 June, 2020 4:33 pm


काठमाडौं,१३ असार ।

रसुवामा ९ जनामा कोरोना संक्रमित भेटिएसँगै ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज  प्रवक्ता डा. जागेश्वर गौतमले रसुवामा पनि कोरोना संक्रमण देखिएसँगै ७७ वटै जिल्लामा कोरोना पुगेको जानकारी दिए ।

रसुवामा आज ८ पुरुष र १ महिला गरि ९ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस !