४ आश्विन २०८१, शुक्रबार

कैलालीमा विप्लव नेतृत्वको नेकपाका नगर इन्चार्जसहित ६ जना पक्राउ

प्रकाशित मिति :  28 June, 2020 11:22 am


कैलाली,१४ असार ।

कैलालीको धनगढीबाट विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टीका ईन्चार्जसहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ परेका हुन् ।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा नगर इन्चार्ज रावल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह,डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेको प्रहरी उपरीक्षक जबराले बताए।

शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको र केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !