सलह किरा नियन्त्रण प्रभावकारी बनाउन र किसानलाई क्षतिपूर्तिको व्यस्था गर्न महासंघको माग
काठमाडौं,१४ असार ।
राष्ट्रिय कृषक समूह महासंघले सलह किरा नियन्त्रणलाई प्रभावकारी बनाउन र किसानको क्षति विवरण स्थानीय सरकारको सहभागितामा संकलन गरी क्षतिपूर्तिको व्यस्था गर्न माग गरेको छ ।
महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ,‘ विदेशमा सलह किराको नियन्त्रणका लागि प्रयोग गरेको असल अभ्यासहरुको प्रयोग मार्फत सलह नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने र सलह किराबाट किसानको क्षति विवरण स्थानीय सरकारको सहभागीतामा संकलन गरी किसानहरुलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सहासंघ सरकार प्रति हर्दिक अपिल पर्छ ।’
महासंघका अध्यक्ष नवराज बस्नेतद्धारा जारी विज्ञप्तिमा सलहले कृषि क्षेत्र ध्वस्त पारी समस्या झन् विकराल बन्ने र देशले भोकमरीको समस्या व्यहोर्न वाद्य हुनसक्ने भन्दै सचेत समेत गराईएको छ ।
विज्ञप्तिमा भनिएको छ,’कोरोना संकमण बढ्दै गएको अवस्थामा सलहले कृषि क्षेत्र ध्वस्त पारी समस्या झन् विकराल बन्ने र देशले भोकमरीको समस्या वेहोर्न बाध्य हुने महासंघको ठहर छ।’
सलह किराको विशेषता र प्रति विश्लेषण गरी रोप्नको लागि तयारी अवस्थामा ब्याडमा रहेको धानको बेर्ना लगायत किसानका बालीनालीलाई क्षति हुन नदिने बैकल्पिक उपायको लागि सम्बन्धित निकायसंग महासंघले माग गरेको छ । महासंघले सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन गलत देखिनुलाई विडम्बना भनेको छ ।