४ आश्विन २०८१, शुक्रबार

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  30 June, 2020 7:58 am


काठमाडौं,१६ असार ।

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले विहान विज्ञप्ति जारी गरेर प्रदेशका ४ जिल्लामा १७ जना संक्रमित थपिएका जानकारी गराएको हो । थपिएका नयाँ संक्रमितमध्य तनहुँमा ५ जना, स्याङ्जामा १ जना, लमजुङमा ३ जना कास्कीमा ८ जना रहेका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । संक्रमित मध्य २ सय १४ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !