१२ मंसिर २०८१, बुधबार

पार्टी एकतापछि पहिलो पटक प्रचण्ड ओली विरुद्ध आक्रमक,नेकपा एमाले दर्ताको निवेदनले अर्को तरंग

प्रकाशित मिति :  30 June, 2020 7:22 pm


काठमाडौं,१६ असार ।

पार्टी एकतापछि कार्यकारी अध्यक्ष प्रचण्ड पहिलो पटक अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् ।

आजको स्थायी कमिटी बैठकमा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक ओलीमाथी आक्रमक रुपमा प्रस्तुत हुँदै दुबै पद छोड्न भनेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई पदबाट भारतले हटाउन खोजेको र त्यसमा नेपालका केही नेता लागेको अभिव्यक्ति दिएपछि पार्टीभित्रका शिर्ष नेताहरु ओलीमाथी खनिएनन् मात्रै कार्यकारी अध्यक्ष प्रचण्डले दुबै पद छोड्न आग्रह गरेका छन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार कार्यकारी अध्यक्ष पहिलो पटक बैठकमा अक्रमक रुपमा प्रस्तुत भएका हुन् । अध्यक्ष प्रचण्डले सबै मोर्चामा असफल भइसकेको भन्दै तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा ओलीलाई भनेका थिए ।

त्यसपछि दुबै अध्यक्षबीच भनाभनको अवस्था सिर्जना तयार भएको थियो । स्रोतले भन्यो,‘ पार्टी एकतापछि प्रचण्ड बैठकमा पहिलो पटक आक्रमक रुपमा प्रस्तुत भएको देखियो । यसअघि ओलीसँग जिम्मेवारी दिन आग्रह गरेको जस्तो शैलीमा प्रस्तुत भएको देखेका थियौं तर यस पटक दुबैबीच आमने सामने बनेको देखियो ।’

अध्यक्ष प्रचण्ड प्रचण्डले ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको टिप्पणी गरेका थिए ।  राजीनामा दिल्लीले नभई पार्टीले माग्ने र त्यसका लागि तयार रहन अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष आलीलाई सुझाएका थिए ।

अध्यक्ष प्रचण्डले बैठकमा प्रष्टसँग राजिनामा दिल्लीले नभई आफूले मागेको बताए । प्रचण्डको भनाई थियो,‘दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस् । ’

बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागिरहेको भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए। उनीहरू तीनै जनाले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डले बेलाबेलामा सार्वजनिक रुपमा आफ्ना असन्तुष्टि राख्ने गरेपनि बैठकमै ओलीविरुद्ध कडा रुपमा पहिलो पटक प्रस्तुत भउको ति स्थायी कमिटी सदस्यले दाबी गरे ।

नेकपा एमाले दर्ताको निवेदनपछि अर्को तरंग

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेकपाभित्र बहसको विषय भएको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको छ ।

यस विषयमा पनि छलफल भएको प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका थिए । जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।

उपाध्यक्ष बामदेव गौतमले भने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको बैठकमा आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !