४ आश्विन २०८१, शुक्रबार

मुस्ताङका पहिलो कोरोना संक्रमित ८३ वर्षीय बृद्ध निको भएर घर फर्किए

प्रकाशित मिति :  30 June, 2020 8:10 pm


मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय बृद्ध निको भएर घर फर्कदै । फोटो:टिकाराम भण्डारी

काठमाडौं,१६ असार ।

मुस्ताङमा ८३ वर्षीय बृद्धले कोरोना जितेका छन् । जिल्लामा पहिलो पटक कोरोना संक्रमित ८३ वर्षीय बृद्ध कारोना संक्रमण निको भई आज घर फर्किएका स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

ति व्यक्तिलाई असार ६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

काठमाडौंको बौद्धबाट जेठ ३१ गते मुस्ताङ पुगेका उनको असार १ गते आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना निको भएका बृद्ध घरपझोङ गाउँपालिका वडा १ छैरो स्थित तिब्बतियन क्याम्प निवासी हुन्। उनलाई आज मुस्ताङ जिल्ला अस्पताल जोमसोमको आइसोलेसनबाट विदा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !