४ आश्विन २०८१, शुक्रबार

पार्टीभित्र आन्तरिक संकट गहिरिदै जाँदा प्रधानमन्त्री ओली परामर्शमा,सबै मन्त्रीलाई बालुवाटार बोलाए

प्रकाशित मिति :  1 July, 2020 8:27 am


काठमाडौं,१७ असार ।

पार्टीभित्र आन्तरिक संकट गहिरिदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्री ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित सरकारी निवासमा बोलाएका हुन् ।

केही दिन अघि मात्रै प्रधानमन्त्री ओलीले भारत आफूलाई हटाउन सकृय रहको र त्यसमा पार्टीका नेता पनि लागिरहेको भनेपछि हिजोको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेताले आलोचना गर्दै राजिनामा मागेका थिए ।

आन्तरिक संकट गहिरिएका बेला हिजो मात्रै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग र्दुइपटक छलफल गरेका थिए । प्रधानमन्त्रीले बोलाएपछि मन्त्रीहरु बिहान ७ बालुवाटार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !