सुदूरपश्चिममा बालबालिकामा काेराेना संक्रमण बढ्दै
प्रकाशित मिति : 1 July, 2020 5:29 pm
काठमाडाैं, १७ असार ।
सुदूरपश्चिममा बालबालिकाहरूमा काेराेना संक्रमण बढ्दै गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा देशभरका २ हजार ६१ जना बालबालिकामध्य १७५ जना बालबालिका सृदूरपश्चिमका भएको जनाएकाे छ ।
संक्रमित हुनेमा ९ बर्ष भन्दामुनिका बालबालिका रहेका छन् । भारतबाट आएका बालबालिकामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले बालबालिकाहरूलाई अत्यावश्यक काम बाहेक बाहिर जान नदिन अनुराेध गरेकाे छ , जानै परेमा मास्क र सुरक्षित तरीका अपनाउन अभिभावकलाइ अनुराेध गरेकाे छ ।