४ आश्विन २०८१, शुक्रबार

कोरोनाका लागि छुट्टाईएको बजेट छिटो प्रदेश तथा स्थानीय तहमा पुराउन संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  1 July, 2020 5:54 pm


sf7df8f}F, $ k’; . lzIff tyf :jf:Yo ;ldltsf] z’qmaf/ v]ns’b ljsf; ;DaGwdf Joj:yf ug{ ag]sf] law]os dfly 5nkmn sfo{qmdnfO{ ;Daf]wg ub}{ ;efklt hok’/L 3tL{ . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं,१७ असार ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले संघीय सरकारबाट कोभिड १९ का लागि छुट्टाईएको बजेट सम्बन्धित प्रदेश तथा स्थानीय तहमा छिटो पुराउन निर्देशन दिएको छ ।

समितिले  प्रदेश र स्थानीय तहमा कारोना भाईरस सम्बन्धि व्यवस्थापकीय कामहरु आर्थिक अभावमा अटिल बनेको भन्दै छुट्टाईएको रकम तत्काल पठाउन समितिले दिर्नेशन दिएको हो । समितिले पीसीआर रिपोर्ट प्राप्त ढिलो हुने गरेको भन्दै समितिले तत्काल बढी क्षमता भएको पीसीआर मेसिनको संख्या र ल्याबको संख्या बढाउने व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रदेश र स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव देखिएकोले जनशतिm बढाउनु पर्ने भन्दै समितिले कोभिड १९ को संक्रमण व्यवस्थापनको लागि संघीय सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय हुन अति आवश्यक भएको र त्यसका लागि व्यवस्था गर्न निर्देशन दिएको छ ।

कोभिड १९ को कारणले दिनानुदिन आत्माहत्या, हिंसा बढेकोले मनोपरामर्शको आवश्यक व्यवस्था गर्नु पर्ने साथै महिलामैत्री तथा बालमैत्री क्वारेन्टाईन र आईसोलेशनको समेत व्यवस्था गर्न निर्देशन दिएको सभापति जयपुरी घर्तीमगरले जानकारी दिईन् ।

प्रत्यक्ष रुपमा कोभिड १९ को संक्रमणबाट बचाउन, रोकथाम र नियन्त्रणको काममा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता तुरुन्त उपलव्ध गराउनु पर्ने भन्दै समितिले कोभिड १९ को संक्रमण भएका विरामी वाहेक अन्य विरामीहरुको पनि सहज उपचारको व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणको व्यवस्थापनका सम्वन्धमा प्रदेश र स्थानीय तहमा गई प्रभावकारी रुपमा स्थलगत अनुगमन गर्न पनि समितिले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !