४ आश्विन २०८१, शुक्रबार

अछामबाट दाङ घुम्न आएका एक व्यक्तिको इनारमा खसेर मृत्यु, सशस्त्र प्रहरीले निकाल्यो शव

प्रकाशित मिति :  1 July, 2020 7:30 pm


दाङ,१७ असार ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ मा इनारमा खसेका अछामका एक जना व्यक्ति मृत भेटिएका छन् ।

अस्ति इनारमा खसेका अछाम रामारोशन गाँउपालिका-३ घर भई हाल कैलाली टिकापुर नगरपालिका २ बस्ने ३६ वर्षीय सुरज शाहको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज निकालेको हो ।

असार १४ गते साथी आफ्ना साथी विश्व आचार्यसँग घुम्न आएका शाह १५ गते राति कुवामा खसेको प्रहरीले जनाएको छ ।

इनारमा खसेर मृत्यु भईसकेको अवस्थामा शाहलाई आचार्यले हिजो १ बजेतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीले शव निकाल्न नसकेपछि बाँकेको शमशेरगञ्ज बेश क्याम्पबाट सशस्त्र प्रहरी उपरीक्षक(डीएसपी) टोपबहादुर डाँगीको नेतृत्वमा सशस्त्र प्रहरी गएको थियो ।

गोताखोरसहित पुगेको डीएसपी डाँगीको टोलीले आज शाहको शव निकालेको हो । १५ मिटर गहिरो इनारमा डुबेको शाहको शव सशस्त्र प्रहरीका गोताखोर जीतबहादुर के.सी.ले बाहिर निकालेका सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !