४ आश्विन २०८१, शुक्रबार

बजेट अधिवेशन आजै अन्त्य गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  2 July, 2020 1:12 pm


काठमाडौं,१८ असार ।

सरकारले वर्षे अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले वर्षे अधिवेशन आजै अपरान्ह ५ बजेबाट समापन गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सरकारको भनाई छ ।

बजेट अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !