१२ मंसिर २०८१, बुधबार

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा संघीय संसद्को बजेट अधिवेशन अन्त्य

प्रकाशित मिति :  2 July, 2020 2:31 pm


काठमाडौं,१८ असार । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपतिले संघीय संसद् सचिवालयलाई पत्र लेखेर दुबै सदनका चालु अधिवेशन अन्त्य गरेको जनकारी गराएकी छन् ।

कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको सरकारको भनाई छ ।

बजेट अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !