४ आश्विन २०८१, शुक्रबार

रोल्पा सिमेन्ट विरुद्ध स्थानीयवासी आन्दोलनमा,मापदण्ड विपरीत चलेको आरोप

प्रकाशित मिति :  2 July, 2020 3:43 pm


रोल्पा,१८ असार ।

रोल्पा त्रिवेणी गाउँपालिकाको कोइलामा रहेको रोल्पा सिमेन्ट प्रा.लि.विरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

सिमेन्ट कम्पनीका कारण नजिकको गाउँ छिमेकीले दुःख र सास्ती भोग्दै आएको तथा कम्पनी खोल्दा स्थानीयवासीसँग भएको सम्झौता लागु नगरेको भन्दै स्थानीयवासी अर्जुनकुमार ओलीको नेतृत्वमा १५ सदस्यीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

संघर्ष समितिले खानी विभाग, जिल्ला प्रशासन कार्यालय , प्रदेश र केन्द्र सरकारलाई पठाईदिन भन्दै त्रिवेणी गाँउपालिकामा उजुरी गरेका छन् । त्रिवेणी गाँउपालिकाका अध्यक्ष शान्तकुमार ओलीले स्थानीयवासीले रोल्पा सिमेन्ट विरुद्ध प्रा.लि.विरुद्ध उजुरी गरेको बताए । लुम्बिनी सञ्चारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने,‘उजुरी आएको छ । संघर्ष समितिको आग्रह अनुसार मैले सम्बन्धित ठाँउमा पठाउँदै छु ।’

पटक छलफल गर्दा पनि कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले विभिन्न १६ बुँदे माग राखेका छन् । स्थानीयवासीले सिमेन्ट उत्पादनको नाममा ढुंगा उत्खनन गरेर बाहिर पठाएकाले तत्काल रोक्नुपर्ने, धुलो धुवा रोक्नुपर्ने, एक घर एक रोजगार कार्यक्रम पुरा गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै रोल्पा सिमेन्टले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा वार्षिक कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । त्यस्तै वातावरण प्रदुषणलाई न्यूनिकरणमा ध्यान दिनुपर्ने, कोईलादेखि लिङदुङ बजारसम्मको बाटो प्रत्यक वर्ष मर्मत गनुपर्ने लगायतका माग रोखका छन् ।

रोल्पा सिमेन्ट प्रा.लि.ले मापदण्ड पुरा नगरेपछि धुलो धुवाले गर्दा नजिकको गाउँ कोइला, लिङ्गदुङ,छाप पुरै धुलै धुलो ,ध्वनि प्रदुषणले गर्दा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयको भनाई छ । बालिनालीमा ह्रास आएको र बातावरण प्रदुषणले गर्दा जनावरको समेत बिचल्लीमा परेको संघर्ष समितिको भनाई छ ।

स्थानीयवासीलाई रोजगारी दिनुको साटो उल्लटै खानेपानी र सिंचाई कब्जा गरेको रोल्पा सिमेन्टमाथी आरोप लागेको छ । संघर्ष समितिका संयोजक ओलीले भने,‘ हामी उद्योगधन्दाको विरोधी होईनौं तर यसरी उद्योग चल्न सक्दैन । स्थानीयलाई पुरै वेवास्था गर्ने, विगतको सम्झौतालाई वास्ता नगर्ने, सिमेन्ट फ्याक्ट्रिको नाममा ढुंगा बाहिर पठाउने कार्य रोकिनु पर्छ ।’ रोल्पा सिमेन्ट प्रा.लि. र स्थानीयबासीबीच पटक पटक मनमुटाव दिदै हुँदै आएको छ ।

स्थानीयवासीले उक्त उद्योगमा सिमेन्ट उत्पादन हुँनेभन्दा पनि ढुंगा उत्खनन गरेर बाहिर पठाउने काम भएको हुनसक्ने बताएका छन् । रोल्पा सिमेन्टको काम प्रति गाँउपालिका अध्यक्ष शान्ताकुमार ओलीले असन्तुष्टि व्यक्ति गरेका छन् । उनले कम्पनीलाई पटक पटक पत्राचार गरेपनि पुरै वेवास्था गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !