४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली ‘इनफ ईज इनफ’ समूहका अगुवा अधिकारीलाई भेट्न अस्पताल पुगे

प्रकाशित मिति :  2 July, 2020 8:21 pm


काठमाडौं,१८ असार ।

सरकार विरुद्ध प्रर्दशनको नेतृत्व गर्दै पछिल्लो समय अनसनमा रहेका ‘इनफ ईज इनफ’ अभियानको नेतृत्व गरेका इशान अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओलीले सडकमा सरकारका विरुद्ध प्रर्दशनको अगुवाई गर्ने ‘इनफ ईज इनफ’ ग्रुपका अधिकारीलाई श्रीमति राधिका शाक्यसहित अस्पताल पुगेर भेटका हुन् ।

अनसनपछि उपचारका क्रममा रहेका ह्याम्स अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले भेटका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भेटका क्रममा सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताएका छन् ।

अधिकारी ललितपुरको मंगलबजार कृष्णमन्दिर नजिकै अनसनमा बसेका थिए । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनीलाई आजै अस्पताल भर्ना गरिएको थियो ।

उक्त समूहले गरेको प्रर्दशन देशभर फैलिएको थियो भने पछिल्लो समय उक्त समूहका अगुवाहरु अनसनमा बसेका थिए । प्रर्दशनकारी विरुद्ध आक्रमण बनेका ओली पार्टीभित्र अफ्ठेरामा परेका बेला आज अस्पतालमै पुगेर भेटेका हुन् ।  उक्त समूह सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, व्यवस्थापन गर्न नसकेको भन्दै सरकार बिरुद्ध सडकमा उत्रिएको थियो ।



प्रतिक्रिया दिनुहोस !