गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए
प्रकाशित मिति : 3 July, 2020 7:54 am
काठमाडौं,१९ असार ।
गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले ४ जिल्लामा ३२ जना नयाँ कोरोना संक्रमित व्यक्ति भेटिएको जनाएको छ । संक्रमित मध्य नवलपरासी पूर्वमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना र बागलुङमा १ जना संक्रमित भेटिएका छन् ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।