कोरोना भाइरसका कारण नेपालमा थप १ जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
प्रकाशित मिति : 3 July, 2020 5:03 pm
१९ असार, काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एकको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना भाइसरका कारण ज्यान गएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको प्रवक्ता डा जागेश्वर गौतमलेले बताए ।
उनको काठमाडौंस्थित एक निजी अस्पतालमा आइसीयुमा उपचारका क्रममा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उनको मृत्युसँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।