थप २३२ जनामा कोरोना संक्रमणको पुष्टि
प्रकाशित मिति : 4 July, 2020 4:38 pm
काठमाडौं,२० असार ।
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा २३२ जनामा कोराना संक्रमणको पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।