३ आश्विन २०८१, बिहिबार

सत्तारुढ नेकपाभित्रको विवाद यथावत, अध्यक्ष प्रचण्डसहितका नेताद्धारा राष्ट्रपतिसँग छलफल

प्रकाशित मिति :  5 July, 2020 12:11 pm


काठमाडौं ,२१ असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किदै गएपछि दुबै पक्षले आ-आफ्नो छलफल र परामर्शलाई तिब्रता दिएका छन् ।

सहमितका लागि भन्दै स्थायी कमिटी बैठक भोलीसम्मका लागि स्थगित गरिएपनि आन्तरिक छलफल हुन सकेको छैन । बरु दुबै पक्षले आ—आफ्नो ढंगले छलफल जारी राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राष्ट्रपति र मन्त्री, राज्यमन्त्री र सल्लाहकारसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले आवश्यक कदम चल्न सक्ने र कित्ता स्पष्ट गर्न मन्त्रीहरुलाई भनेपछि थप संसय जन्मिएको छ ।

यै आशंकाकाबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु मधव कुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि हटाउन खोजिएको बताएका थिए । अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल हुनुअघि उनीहरु राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको छलफलपछि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार जाने छन् ।

अघिल्लो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै भएको एक कार्यक्रममा आफूलाई हटाउन भारत लागिपरेको र त्यसमा केही नेता पनि संलग्न रहेको भनेपछि सत्तारुढ नेकपाभित्रको विवाद चर्किएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालपक्षले ओलीले दुबै पद छोड्नुपर्ने अडानमा छन् भने ओलीले अस्वीकार गरेपछि पार्टी विभाजनको स्थिति बनेको छ ।



प्रतिक्रिया दिनुहोस !