३ आश्विन २०८१, बिहिबार

ओली र प्रचण्डबीच छलफल सुरु, पार्टी विभाजन रोक्ने प्रयास

प्रकाशित मिति :  5 July, 2020 12:41 pm


काठमाडौं ,२१ असार ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टी विभाजन रोक्नका लागि निर्णायक भनिएको वार्ता शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका    हुन् । छलफलमा ओलीसँग विष्णु पौडेल र शंकर पोखरेल र प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

पार्टी विवाद समाधानका लागि शुक्रवार दुई अध्यक्षबीच छलफल पुगेपनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !