३ आश्विन २०८१, बिहिबार

ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष सकियो, थप छलफल गर्ने

प्रकाशित मिति :  5 July, 2020 3:01 pm


काठमाडौं ,२१ असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको छलफल विना निष्कर्ष सकिएको छ । पार्टी विभाजनतर्फ अगाडि बढेको भन्ने नेताहरुको धारणा आईरहेका बेला विवाद समाधान गर्न भन्दै दुई अध्यक्षबीच छलफल भएको थियो । तर, फेरी थप छलफल गर्ने भन्दै दुबै अध्यक्ष छुट्टिएका छन् ।

छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको र नेताहरु जनार्दन शर्मा, विष्णु पौडेल, शंकर पोख्रेल र वर्षमान पुन सहभागी थिए ।

बैठकमा फुटतर्फ पुगेको नेकपालाई जोगाउनेबारेमा छलफल भएपनि अडान भने दुबै तर्फ कायमै छ । भोलि स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने सहमति भएको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बोलाएर आफू कुन कित्ताको हो प्रष्ट पार्न र आफूले सुनसुकै कदम चल्न सक्ने भनेपछि अवस्था झनै बिग्रिएको छ ।

आज बिहान प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् ।

ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहले राखेको माग ओलीले अस्वीकार गरिसकेका छन् । यै डानका कारण नकपाभित्रको विवाद उत्कर्षमा छ ।



प्रतिक्रिया दिनुहोस !