३ आश्विन २०८१, बिहिबार

देशभर थप २९३ जनामा कोरोना संक्रमणको पुष्टि,प्रयोगशालाको संख्या बढेपनि परीक्षण भने न्यून

प्रकाशित मिति :  5 July, 2020 4:33 pm


काठमाडौं,२१ असार ।

देशभर पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले कूल ४ हजार ७ सय १० जनाको परीक्षण गर्दा २९३ जनाको पोजेटिभ देखिएको जानकारी दिए । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

आज काठमाण्डौंमा २२, भक्तपुरमा १ र ललितपुरमा २ जना गरि २५ जना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म कूल कोरोना संक्रमितको संखया १५ हजार ७ सय ८४ पुगेको छ । क्वारेन्टाईनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् भने आइसोलेशनमा ९ हजार २ सय ३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ३२ जना संक्रमित निको भएर पर्केपछि कारोना जित्नेको कूल संख्या ६ हजार ५ सय ४७ जना पुगेका छन् ।

सरकारले असार १५ सम्म १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने दाबी गरेपनि त्यो संख्या झन घट्दो छ । प्रयोगशालाको संख्या बढाईएपनि परीक्षण घटेको देखिएको छ । देशभर प्रयोगशालाको संख्या २५ पुगिसक्दा पनि परीक्षण संख्या भने दैनिक ४-५ हजारमै अलमलिएको छ ।



प्रतिक्रिया दिनुहोस !