३ आश्विन २०८१, बिहिबार

देशभर मनसुनी वायुको प्रभाव,यस्तो रहने छ तीन दिनसम्मको मौसम

प्रकाशित मिति :  6 July, 2020 8:07 am


काठमाडौं,२२ असार ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको जारी पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहने पूर्वानुमान गरेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको
छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २२ गते (सोमबार)

दिउँसोः देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५,  गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २४ गते (बुधबार)

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर साधारणतया बदली रही मुलुकका केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुको साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको हुदा उक्त प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !