३ आश्विन २०८१, बिहिबार

दाङमा २ लाख २५ हजार रुपैयाँसहित १० जना जुवाखालबाट पक्राउ

प्रकाशित मिति :  6 July, 2020 8:29 am


दाङ,२२ असार ।

दाङमा २ लाख २५ हजार रुपैयाँसहित १० जना जुवाखालबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले हिजो राती ९ बजेतिर जुवा खेलीरहेका बेला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, नयाँबस्तीस्थित प्रेमबहादुर सुनारको घरबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर ७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, ३३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर बिक, ३६ वर्षीय खिमबहादुर सुनार, २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी, ३८ वर्षीय शिवकुमार स्वर्णकार, ३७ वर्षीय टेकबहादुर बिश्वकर्मा, ३५ वर्षीय शोभाराम सुनार र ३९ वर्षीय टंकबहादुर सुनार रहेका प्रनाउ सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !