३ आश्विन २०८१, बिहिबार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित

प्रकाशित मिति :  6 July, 2020 9:53 am


काठमाडौं,२२ असार । 

नेकपा कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

आन्तरिक विवाद चर्किरहेका बेला सहमतिका लागि भन्दै आजको बैठक पनि स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजका लागि बोलाईएको स्थायी कमिटी बैठक स्थगित भएको र पर्सी ११ बजेका लागि बोलाईएको जानकारी गराएका छन् ।

यसअघि सहमतिका लागि भन्दै आजसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । पार्टी विभाजको स्थिति देखिएपछि नेताहरु सहमति बनाउने प्रयासमा सकृय छन् । यद्यपी अहिलेसम्म सहमतिको सम्भावना नदेखिएको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !