३ आश्विन २०८१, बिहिबार

संंसदीय समितिद्धारा कैलालीमा वन फँडानीबारे छानबिन शुरु

प्रकाशित मिति :  7 July, 2020 8:52 am


कैलाली,२३ असार ।

संंसदीय समितिले कैलालीमा वन फँडानीबारे छानबिन शुरु गरेको छ ।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको हो । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनालसहितको टोलीले छानबिन शुरु गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि यसको अवस्था बुझ्न कञ्चनपुर आएको समितिका सदस्य चौधरीले जानकारी दिईन् ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन तयार गरिने उनको भनाई थियो । उनले भनिन्,‘ तराईका सामुदायिक वनमा अनुगन गर्छौँ सबै वनको अनुगमन गरेपछि प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछौँ ।’

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिनेलगायतका गुनासा उपभोक्ताको रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !