३ आश्विन २०८१, बिहिबार

नेपालको नयाँ नक्शा विरुद्ध उभिएकी गिरी कारवाहीमा, जसपाकी सिटौला सांसद बन्ने

प्रकाशित मिति :  7 July, 2020 6:31 pm


काठमाडाैं, २३ असार । 

नेपालको नयाँ नक्शा विरुद्ध बोलेकी जनता समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीबाट निष्कासनसँगै गिरीको सांसद पद समेत गएको छ ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार नेतृ गिरीलाई समाजवादीले कारवाही गरेको उक्त पार्टीले जनाएको छ ।  लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शा अनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि गिरीले अटेर गरेर बैठक छोडेर हिडेकी थिईन् ।

उनले सार्वजनिक रुपमा समेत उक्त नक्शा नमान्ने अभिव्यक्ति समेत दिएकी थिईन् । गिरी कारवाहीमा परेपछि ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने छिन् । बन्दसूचीमा गिरीपछि रहेकी सिटौला स्वतः सांसद बन्न पाउने छिन् । सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस !