३ आश्विन २०८१, बिहिबार

नेपाल प्रहरीको नयाँ आईजीपीमा शैलेश थापा क्षत्री नियुक्त

प्रकाशित मिति :  7 July, 2020 8:26 pm


काठमाडाैं, २३ असार । 

सरकारले नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।   महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपी बनाएको हो ।

थापाको कार्यकाल २२ महिनाको हुनेछ । वर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलीदेखि  सेवा निवृत्त हुँदैछन् ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापाले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन् । प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा काम गरेका थापा अहिले मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।

उनको कार्यकाल ०७९ वैशाख १९ गतेसम्म हुनेछ । क्षत्रीले सल्यान, सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरेको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस !