८ मंसिर २०८१, शनिबार

दाङमा श्रीमती पीडितको उजुरी,घरबाट निकालेको आरोप

प्रकाशित मिति :  8 July, 2020 7:12 pm


दाङ, २४ असार ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा श्रीमतीबाट पीडित भएको भन्दै उजुरी परेको छ ।

चालु आर्थिक वर्षमा दुई पुरुष पीडित भएका उजूरी दर्ता भएको उपमहानगरपालिका न्यायिक समिति संयोजक माया आचार्यले जानकारी दिईन् ।

न्यायिक समितिले आजदेखि सुरु गरेको हटलाइन सेवा सञ्चालनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक आचार्यले भनिन् ,‘धेरै महिला हिंसाका उजूरीहरु पर्ने गरेका छन्, तर पुरुष पनि हिंसामा परेको उजूरीहरु पर्ने गरेका छन् ।’

उजुरीमा आफूलाई खानलाउन नदिएको, घरबाट निकाला गरेको र रकम हिनामिना गरेको पीडित पुरुषले उल्लेख गरेका छन् । उजूरीमा मिलापत्र गर्ने कार्य भइरहेको संयोजक आचार्यले जानकारी दिईन् ।

संयोजक आचार्यले लकडाउनका समयमा हुने घरेलु, लैङ्गिकलगायत सम्पूर्ण हिंसा न्यूनीकरणका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको जानकारी दिईन् । पीडितले पैसा नलाग्ने टेलिफोन नम्बर १६६०८२१८००१ मा आएका उजूरी सङ्कलन गरी न्याय दिइने छ ।



प्रतिक्रिया दिनुहोस !