१० मंसिर २०८१, सोमबार

कोरोना संक्रमित मध्य ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किए, थप ७० जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  11 July, 2020 4:33 pm


काठमाडौं, २७ असार ।

नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको देखिएको छ भने निको हुनेको संख्या पनि बढेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३६४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा मात्रै कोरोना संक्रमणको पुष्टि भएको छ भने निको भएर घर फर्कनेको संखया ४ सय ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले अहिलेसम्म ८ हजार ४ सय ४२ जना कोरोना निको भएर घर फर्किएका छन् । जुन कूल संक्रमित संख्याको ५० दशमलव ५ प्रतिशत हो । क्वारेन्टाईनमा २४ हजार ९७ जना रहेको र आइसोलेशनमा ८ हजार २ सय ३९ जनाको उपचार भईरहेको प्रवक्ता गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !