३ आश्विन २०८१, बिहिबार

कोरोना संक्रमित थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

प्रकाशित मिति :  11 July, 2020 4:53 pm


काठमाडौं, २७ असार ।

नेपालमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको छ। काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको प्रवक्ता गौतमको भनाई छ ।

फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएको र उपचारका क्रममा गरिएको परीक्षणमा असार १७ गते संक्रमणको पुष्टि भएको थियो ।

सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

बिहिबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंको गोकर्ण निवासी ती पुरुष मिर्गौलाका बिरामी थिए ।



प्रतिक्रिया दिनुहोस !