३ आश्विन २०८१, बिहिबार

आधुनिक युगमा ज्यान बचाउन पुर्खाको काठे सिप ! (फोटो फिचर )

प्रकाशित मिति :  11 July, 2020 8:35 pm


रोल्पा, २७ असार ।

यतिबेला देशभर बाढीपहिरोले वितण्डा मच्चाएको छ । वर्षाको समयमा मात्रै उर्लने खहरे खोलाले ठाँउ ठाँउमा क्षति पुराएको समाचारहरु सार्वजनिक भईरहेका छन् ।

ठूला शहर जोड्ने राजमार्गमात्रै होईन ग्रामिण क्षेत्रमा नियमित आवत जावत गर्ने बाटोहरु समेत अवरुद्ध भएका छन् । वर्षे भेलमा उर्लने खोलामा सामान्य पुल नहुँदा मानिसहरुको ज्यानैसमेत जाने जोखिम छ । ग्रामिण क्षेत्रका मानिसहरु अहिलेपनि आफ्नो ज्यान जोखिममा हालेर वर्षे खोलाहरु तर्न बाध्य छन् ।

त्यसको नमूना हो रोल्पाको सुनछहरी गाउपालिका—१ सेरमको झन्कि र वडा नम्बर ५ जैमाकसलाको थनबाङ जोड्ने बाटोको बीचमा पर्ने बाछेम खोलामाथी राखिएको काठको पुल ।

वर्षे बाढीमा उर्लिएको खोला तर्न स्थानीयवासी मिलेर काठको पुल हालेका छन् । काठको पुल हालेको फोटो देखेपछि स्थानीय तहमा ‘कविला युग’को सम्झना भन्दै टिप्पणी गरिएको छ भने कतिपयले जतिवटा सरकार भएपनि ‘पुर्खाको सिप’ काम लागेको उल्लेख गरेका छन् । हेरौं श्रमदानबाट काठको पुल हाल्दाको दृश्य :

फोटो : जुनिस कुमार विष्ट

 

 



प्रतिक्रिया दिनुहोस !