५ आश्विन २०८१, शनिबार

गुल्मीको छत्रकोट गाउँपालिकामा स्थानियको प्रदर्शन

प्रकाशित मिति :  11 July, 2020 10:11 pm


गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त विरुद्ध स्थानीयहरुले प्रदर्शन गरेका छन् । गाउँपालिकाले गर्ने खर्च पारदर्शी नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले अध्यक्षका विरुद्धमा नारावाजी गर्दै गाउँपालिकाको कार्यालय समेत घेराउ गरेका हुन् । गाउँपालिकाको बजेट बाँडफाँड गरेर वडा वडामा पठाउनु पर्नेमा वडालाई नदिई आफैले योजना र कार्यक्रमहरु बनाएर आफै काम गर्ने गरेको उनीहरूको आरोप छ ।

गाउँपालिकाको छायाँ सरकारको प्रमुख समेत रहेका कांग्रेस नेता अनन्त पौडेल लगाएत नेताहरू धाता भुसाल, मोती भण्डारीलगाएतको नेतृत्वमा भएको प्रदर्शनमा विकास निर्माणका क्रममा अध्यक्षले आफ्नै डोजर मार्फत् काम गराउने गरेको समेत दाबी गरेका छन्।

अध्यक्ष पन्तले वडालाई बजेट नदिएर गाउँपालिकाको झण्डै ८० लाख र सांसद विकास कोषको झण्डै ५० लाख आफ्नै नियन्त्रणमा राखेको उनीहरूको आरोप छ ।

यसअघि स्थानीय स्तरमा सञ्चालित परियोजना अन्तर्गत कागतीका ५० ओटा विरुवा लगाउन १५ लाखभन्दा बढि खर्च देखाएको गाउँपालिकामा सार्वजनिक खरिद नियमावलीविपरित उपभोक्ता समितिबाट सडक निर्माणको काम गरेको दाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !