३ आश्विन २०८१, बिहिबार

गण्डकी प्रदेशमा  १५ जना नयाँ कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  12 July, 2020 11:34 am


काठमाडाैं, २८ असार । 

गण्डकी प्रदेशमा  १५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गर्दै प्रदेश अन्तर्गतका विभिन्न ७ जिल्लामा १५ जना संक्रमित थपिएको जनाउको छ । क्षयरोग केन्द्र पोखरामा रहेको प्रयोगशालमा गरिएको परीक्षणमा तनहुँका ६ जना, पर्वतका २ जना र बागलुङका २, नवलपरासी पूर्वमा १ जना र स्याङ्जामा १ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा प्रयोगशालमा भएको परीक्षणमा गोरखामा १ र लमजुङका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ । जसमध्य ७ सय ३६ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !