३ आश्विन २०८१, बिहिबार

सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

प्रकाशित मिति :  12 July, 2020 5:43 pm


काठमाडौं, २८ असार । 

सांसद पद र पार्टीबाट निष्कासित भएपछि सरिता गिरीले आज सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् । निवेदनमा उनले आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएको बताएकी छिन् ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएकी छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।



प्रतिक्रिया दिनुहोस !