४ आश्विन २०८१, शुक्रबार

साविक राप्ती अञ्चलकी महिला नेतृ तथा कवयित्री शर्माको निधन

प्रकाशित मिति :  12 July, 2020 7:19 pm


 

काठमाडौं, २८ असार । 

साविक राप्ती अञ्चलकी पुरानो महिला नेतृ तथा कवयित्री गायत्री शर्माको निधन भएको छ ।

रुकुममा जन्मिएकी शर्माको ७९ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको हो । तत्कालिन पञ्चायती व्यवस्था अन्तर्गत महिला संगठनको पहिलो अञ्चल सभापति भएकी शर्मा लामो समयसम्म उक्त जिम्मेवारी सम्हालेकी थिईन् ।

रुकुम जिल्लाबाट २०१८ सालमा एलएलसी परीक्षा उत्तिर्ण गरेकी शर्मा एसएलसी गर्ने जिल्लाकै पहिलो महिला थिईन् । आफन्त अनन्त शर्माका अनुसार नेपालको तर्फबाट विक्रम संम्बत २०२३ सालमा श्रीलंकामा भएको एक कार्यक्रममा  नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो महिला थिईन् ।

पूर्व एआईजी देवेन्द्र सुवेदीसँगको भेटमा शर्माले श्रीलंकाको अनौठो अनुभव सुनाएकी थिईन् । सुवेदीले लुम्बिनी सञ्चारसँग भने,‘उहाँसँग मेरो भेट हुन्थ्यो र श्रीलंका बस्दाको अनुभव बाँड्नुभएको थियो । बुद्ध जन्मेको देशबाट आएको भनेपछि उहाँलाई त्यहाँका मान्छेले वरीपरि घुमेर ढोक्थे रे ।’

उनी शिक्षण पेशामापनि सकृय भएकी थिईन् । जानकारहरुका अनुसार उनी रुकुमकै पहिलो महिला शिक्षिका थिईन् । शर्माको दाङमा विहे भएको थियो । उनका श्रीमान कृष्णप्रसाद अधिकारीले प्रमुख जिल्ला अधिकारीका रुपमा दाङ रोल्पा लगायतका जिल्ला काम गरेका थिए भने पर्छि सचिवबाट सेवा निवृत्त भएका थिए ।

पञ्चायतकालमा लामो समय महिला संगठनको जिम्मेवारी सम्हालेकी शर्मा सहित्य क्षेत्रमा समेत कृयाशील थिईन् । आफन्त अनन्त शर्माले भने,‘उहाँ सहित्य क्षेत्रमा समेत कृयाशील हुनुहुन्थ्यो । उहाँका कविताहरुपनि प्रकाशित छन् ।’  शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !