४ आश्विन २०८१, शुक्रबार

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

प्रकाशित मिति :  13 July, 2020 9:50 am


कलैया, २९ असार ।

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोबारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए । रासस।



प्रतिक्रिया दिनुहोस !