१२ मंसिर २०८१, बुधबार

युपीएफ भर्चुअल शिखर सम्मेलन : नयाँ विश्व व्यवस्थाको तयारीमा जुट्न नेपालसहित विश्वका नेताहरुको आग्रह

प्रकाशित मिति :  13 July, 2020 11:06 am


काठमाडौं, २९ असार ।

युनिभर्सल पिस फेडेरेशन (युपीएफए) एशिया प्यासिफिकद्वारा आयोजित ‘समिट काउन्सिल फर पिस एशिया प्रशान्त भर्चुअल समिट’ मा विश्व नेताहरूले कोभिड १९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यवस्थाको तयारीमा जुट्न आग्रह गरेका छन् ।

भर्चुअल सम्मेलनलाइ सम्बोधन गर्ने १३ जना विश्व नेताहरूले कोभिड १९ ले सिर्जित चुनैतिहरुलाई नयाँ अवसरका रुपमा रुपान्तरण गर्नु पर्ने बताए। बक्ताहरुले यस स्वास्थ्य महामारीले समाजका सबै क्षेत्रलाई ठूलो धक्का दियकोले यसको समाधानमा पनि सबै एकताबद्ध भयर अघि बढ्नु पर्ने धारणा राखे ।

ध्रुवीकरण तथा दोषारोपणले चुनैतिको सामनामा कठिनाई सृजना गर्छ भन्दै विश्व नेताहरूले कोभिड १९ को महामारीलाई एक ‘वेक अप कल’रूपमा व्याख्या गरेका छन् । विश्व नेताहरूले मानवताको गन्तव्य साझा रहेको बताउदै यस विषम परिस्थितिमा एक(आपसमा हौसला तथा मित्रताको भावना संचार गर्न जोड दिए ।

विश्व नेता तथा प्रथम महिलाहरूले इन्टरनेश्नल समिट काउन्सिल फर पिस कि सस्थापिका डा. हाक जा हान मुनले विश्व भर शान्ति र भातृत्वको अभिबृद्धि गर्ने कार्यक्रम संचालन गरेर संसारमा आशाको ज्योति प्रदान गरेको बताउ ।

जुलाई ९, २०२० मा दुइ घण्टासम्म चलेको अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीसको शिखर सम्मेलनमा ८ जना वर्तमान तथा पूर्व राष्ट्र प्रमुख र सरकार प्रमुखहरू एवं ५ जना प्रथम महिलाहरूले सम्बोधन गरेका थिए । विश्व नेताहरुले कोभिड १९ का कारण सिर्जित सबै चुनौतिमा मानब जातिले छिटै विजय हासिल गर्ने बिश्वाश ब्यक्त गरे ।

कार्यक्रमका मुख्य वक्ताहरूमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्ष, यूपीएफका अन्तर्राष्ट्रिय नेताहरु डा. थोमस जी. वाल्स र डा. युन योङ्ग हो, गणतन्त्र किरीबाटीका पूर्व राष्ट्रपति एनोटे टोङ, मार्शल द्वीप गणराज्यका पूर्व राष्ट्रपति केसई नोट, भानुवाटुका पूर्व राष्ट्रपति जर्ज सोकोमानु, नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल थिए ।

त्यस्तै सोलोमन टापुका पूर्व प्रधानमन्त्री ड्यानी फिलिप, मंगोलिया र नेपालका पूर्व उपप्रधानमन्त्रीहरु क्रमशः तसेरेन्द्रश औयुनबाटर र सुजाता कोइराला पनि वक्ताका रुपमा रहेका थिए । नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले सभापतित्व गरेका भर्चुअल शिखर सम्मेलनमा एशियाली सांस्कृतिक परिषदले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीस, वर्तमान तथा पूर्व राष्ट्र तथा सरकार प्रमुखहरूको अन्तर्राष्ट्रिय संजाल हो, जसले जलवायु परिवर्तन, द्वन्द्व, गरीबी, युद्ध, आतंकबाद, भ्रष्टाचार तथा पारिवारिक विखण्डन जस्ता साझा समस्याहरूको समाधान वार्ता र सहकार्यको माध्यमबाट गर्न पहलकदमी लिन्छ र विश्वका हरेक गम्भीर समस्याहरूलाई सम्बोधन गर्न आफ्ना सिफारिशहरू प्रस्ताव गर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !