१० मंसिर २०८१, सोमबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १४४, निको १७०५ जना

प्रकाशित मिति :  13 July, 2020 4:46 pm


काठमाडौं, २९ असार । 

पछिल्लो २४ घण्टामा १ सय ४४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न ठाँउमा रहेका २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ५६ जनामा परीक्षण गर्दा १ सय ४४ जनामा संक्रमित भेटिएको जानकारी गराएका हुन् । प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण देखिएकामा झापाका४,मोरङका१,सुनसरीका १ , सप्तरीका १, धनुषका ११, महोत्तरीका ४ , धनुषका १६, काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, ललितपुरका ५, काभ्रका १, दोलखाका १ म्याग्दीका,१, कैलालीका १, मकवानपुरका १, रौतहटका ९, सिधुलीका १ जना रहेका छन् ।

त्यस्तै, बागलुङका २ जना, म्याग्दीका १, पर्वतका १, स्याङजाका १,तनहुँका २,  कलिवस्ुत १, बर्दियाका २, दाङका २ जना, रुकुमपश्चिमका २, बाँकेका १, दैलेखका २,जाजरकोटका १, सुर्खेतका ४१ जनामा कोरोना संक्रमण देखिएको छ । बजाङका २, बैतडीका २, अछामका १ र कैलालीका १० जनापनि कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

देशभर क्वारेन्टाईनमा २३ हजार ४ सय ७० जना छन् भने आईसोलेशनमा ६ हजार ६ सय १३ जना रहेको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म कूल संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ जसमध्य १० हजार २ सय ९४ जना निको भएर घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !