१२ मंसिर २०८१, बुधबार

सीता मात्र हैन राम पनि नेपालकै हुन्, भारतले साँस्कृतिक अतिक्रमण गर्याेः प्रम ओली

प्रकाशित मिति :  13 July, 2020 8:50 pm


efg’ hoGtLdf k|wfgdGqL cf]nL sf7df8f}F, @( c;f/ M b’O{ ;o ;ftf}F efg’eQm hoGtLsf cj;/df ;f]daf/ dbg e08f/L snf ;flxTo k|lti7fgn] k|wfgdGqL lgjf; afn’jf6f/df cfof]hgf u/]sf] sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nLaf6 dGtJo . t:jL/M ;f} k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडाैं, २९ असार । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सीता मात्र नभएर भगवान रामचन्द्र पनि नेपाली भएकाे बताएका छन् । रामचन्द्रकाे जन्मभूमी अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा रहेकाे तर भारतले साँस्कृतिक अतिक्रमण गरेर भारतले विवादीत अयोध्या खडा गरेको बताए ।

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा बाेल्दै ओलीले  सीता भारतका राजकुमार रामलाई दिएकाे नभइ अयोध्याकाका राजा रामसँग विवाह गरिदिएकाे र अयाेध्या नेपालकाे रहेकाे बताए ।

‘अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो, अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन, उनले भने ।

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम नेपालमा, र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका रहेकाे ओलीकाे भनाइ छ । ‘त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,’ उनले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ ।’

‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन,’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस !