४ आश्विन २०८१, शुक्रबार

बुटवल प्रदेश राजधानी भए कर्णाली प्रदेशमा मिसिने कोहलपुर नगरपालिकाको निर्णय

प्रकाशित मिति :  14 July, 2020 6:47 am


बाँके, ३० असार ।

प्रादेशिक राजधानी बुटवल बन्ने अवस्थामा बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ ।

कोहलपुरका लागि बुटवल  टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको नगरपालिकाले जनाएको     छ ।

निर्णयलाई अन्तिम रुप दिने र प्रमाणीकरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । साढे दुई वर्ष पूरा भइसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न सकेको छैन ।

राजधानी र नाम सिफारिस समितिले प्रदेशसभामा प्रतिवेदन बुझाइसके पनि प्रदेश सभामा उक्त प्रतिवेदनमाथि छलफल भएको छैन । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा यसै आर्थिक बर्षमा प्रदेश राजधानी टुंग्याउने उल्लेख गरेको छ ।

राजधानीका लागि दाङलेपनि दाबी गरिरहेको छ ।  बाँके र बर्दियामा बुटवल राजधानी भए कर्णाली प्रदेशमा मिसिनुपर्ने आवाज उठेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले पनि बुटल राजधानी भए कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !