३ आश्विन २०८१, बिहिबार

दाङमा रुखको हाँगा लाग्दा मोटरसाईकल चालकको मृत्यु

प्रकाशित मिति :  14 July, 2020 10:42 am


दाङ, ३० असार ।

दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ ।

बिहान ८ बजेतिर मोटरसाइकल चलाइरहेका बेला रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गईरहेका बेला चौधरीलाई रुखको हाँगा भाँचिएर टाउकामा लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !